दुहवी ।

सुनसरीको दुहबीमा मोटरसाईकल सहित डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका ५ का ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको प्रहरील् जनाएको छ ।
को ३३ प २१९४ नम्बरको बाईक सहित पानीमा डुबेको अबस्थामा माथिबाट मोटरसाईकलले थिचेको अबस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

भेटिएको शवरातीको समयमा मापसे गरी अनियन्त्रित दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मोटरसाईकल दुर्घटना भएर नहरमा पसेपछि मृतकको टाउको तल परेर माथिबाट मोटरसाईकलले थिचेपछि मृत्यु भएको दुर्घटनाको प्रकृतिबाट देखिएको प्रहरीले उल्लेख गरेको छ ।
Views: 231

