सागर गौतम/ खुदुनाबारी,



अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वन समूहको घाटगद्दी परिसरमा रहेको प्लम निर्माणाधीन योजनाको काम अन्तिम चरणमा पुगेको छ ।
१५ लाख ६७ हजार रुपैंया कुल लागतमा सम्पन्न हुने छ । जसमा समूहको ७ लाख ९३ हजार रुपैंया लगानी रहेको शान्ति सामुदायिक अध्यक्ष तुलसी प्रसाद खतिवडाले बताए ।

प्लम निर्माणका लागि अर्जुनधारा नगरपालिकाको ७ लाख ७५ हजार रुपैंया सहयोग गरेँको छ । वन र नगरपालिकाको साझेदारी बन्दै गरेको योजनाबाट माघ मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष खतिवडाले बताए ।
लम्बाई ४८ मिटर, चौडाई ४ फिट र उचाई ११ फिट रहने उक्त प्लमको काम धमाधम भइरहेको जनाइएको छ ।
उक्त आयोजनाबाट घाटगद्दीको दिर्गकालिन संरक्षण सँगै ८ सय घरधूरी प्रत्यक्ष लाभान्वित हुने छन् । प्लम निर्माण भएपछि सामुदायिक वनका सयौं उपभोक्ताहरु उत्साहित भएका छन् ।
Views: 153

