झापा ।

अर्जुनधारा नगरपालिका १० सिमल चोकमा एक ब्यक्तिले दुई महिला माथी खुकुरी प्रहार गरी घाईते बनाएर आफै पनि घाँटी रेटेर आत्माहात्या गरेका छन् ।

स्थानीय ४० वर्षिय खडानन्द पौडेललले दुई महिलामाथि खुकुरी प्रहार गरेपछी सोहि खुकुरीले रेटिएर आत्माहत्या गरेका हुन् । शनिबार बिहान ५ बजे छिमेकी जमुना ओझा र बिना भारतीलाई सुतीरहेको अवस्थामा खुकुरी सहित ओझाको घरमा पुगेका पौडेलले ओझाले ढोका खोल्ने बित्तिकै अन्धाधुन्ध खुकुरी प्रहार गरेको स्थानियको भनाई छ ।

पौडेलले खुकुरी प्रहार गरेपछी २४ बर्षिया जमुना ओझा र उनिसँगै साथी सुत्न आएकी छिमेकी बिना भारती गम्भिर घाइते भएका छन् । घाईते ओझा र भारतीको झापाको बीएण्डसी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

घटनाको प्रकृति हेर्दा पौडेलले आवेसमा आई महिलालाई खुकुरी प्रहार गरि आत्माहत्या गरेको र त्यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

