Aamsanchar

कोलबुङ्गबाट काठ सहितका ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

Author Image
सोमवार, माघ ७, २०७५

इलाम ।

 

इलामको रोङ गाउँपालिका ४ कोलबुङ्गबाट उत्तीसको काठसहित ३ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथरबाट झापा तर्फ लैजाँदैै गरेको उत्तीसको गोलियासहित ना ४ ख ७२८९, मे १ ख २७८९ र ना ५ ख ४९८७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकलाई इलाका वन कार्यालय बुधवारे झापामा पठाइएको छ । आवश्यक अनुसन्धान गरी काठ ओसार पसारमा संलग्नलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

Views: 200

प्रतिक्रिया (०)