Aamsanchar

एक सय ७५ थान मोटर जडान गर्न सम्झौता

Author Image
सोमवार, माघ ७, २०७५

नमुना फोटो

हल्दिवारी गाउँ पालिकाले १६० कृषकलाई १७५ थान मोटर जडान गर्न सम्झौता गरेको छ ।
किसानको खुशी पशुपालन र कृषि कार्यक्रम अन्तरगत किसान र गाउँ पालिकाको ५०र५० को लगानीमा उक्त कार्यक्रम संचालन हुन लागेको गाउँ पालिका अध्यक्ष रवीन्द्र लिङ्ग्देनले बताउनु भएको छ ।

आज एक कार्यक्रम बिच गाउँपालिका र कृषक बिच सम्झौता भएको छ ।सम्झौता अनुसार चैत मसान्त भित्र कृषकले मोटर जडान गरि सक्नु पर्ने प्रसासकिय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।
गाउँ पालिका अध्यक्ष रवीन्द्र लिङ्ग्देनको अध्यक्षतामा भएको सम्झौता कार्यक्रममा उपाध्यक्ष डम्बर बहादुर गिरि तथा डा । राजेन्द्र उप्रेतीले सह्भागी लाई कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियोे ।

सिचाइ कार्यक्रममा ५० लाख ४० हजार गाउँ पालिकाले खर्च गर्ने उपाध्यक्ष गिरि ले बताएका छ्न ।
किसानले मोटर खरिद गर्दा किलस्कर कम्पनीको २ जउ र ३ जउ किन्नु पर्ने नकिने गाउँ पालिकाले भुक्तानी नगर्ने समेत प्रसासकिय अधिकृत सन्तोष घिमिरेले कार्यक्रममा जानकारी दिएका छ्न ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर