Aamsanchar

हरेक सामुदायिक वनले एउटा सीमसार बनाउनुपर्ने

Author Image
सोमवार, माघ ७, २०७५

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य,विकास प्रेमी नेताले चिनिने राजेन्द्र लिङ्देनले जिल्लाको दक्षिणी भेगमा बढिरहेको जंगली हात्तीको उपद्रो रोक्न सौर्य विद्युतीय तारबारको काम चाँडै अघि बढाइने बताएका छन् ।

कचनकवल गाउँपालिका ७ स्थित दिपज्योति सामुदायिक वनको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सांसद लिङ्देनले कचनकवलका सबै माद्यमिक विद्यालयमा अंग्रेजी तथा कम्प्युटर शिक्षा अनिवार्य गरिनेसमेत उद्घोष गरेका छन् । विद्यालयहरुमा कम्प्युटर शिक्षक र कम्प्युटरको व्यवस्था चाँडै गरिने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै सांसद् लिङ्देनले हरेक सामुदायिक वनले एउटा सीमसार बनाउनुपर्ने पनि बताए । जंगलबाट निस्किएर सर्वसाधारणलाई दुःख दिने हात्ती हेर्नकै लागि पर्यटक आउने वातावरण चाँडै बनाइने उनको भनाई थियो । ‘हात्ती हेर्न पर्यटक आउनेछन्, यहाँको आम्दानी पनि बढ्नेछ,’ उनले भने । जलथल जंगल वन्यजन्तु र जैविक विविधताका हिसाबले महत्वपूर्ण रहेकाले यसको संरक्षणमा जुट्नुपर्ने उनको भनाई थियो । लोपोन्मुख सालक पनि यही जंगलमा पाइने उनले जानकारी दिए ।

Views: 249

प्रतिक्रिया (०)