Aamsanchar

फाकफोकथुममा घुम्ती शिविर सहित नि:शुल्क स्वास्थ्य परिक्षण

Author Image
मङ्गलवार, माघ ८, २०७५

इलाम,

इलामको फाकफोकथुममा संचालित निशुल्क स्वास्थ्य परिक्षण शिविरमा ५ सय बढी सर्वसाधारण ले सेवा लिएका छन् ।
स्वास्थ्य परिक्षण गरेका मध्ये अधिकांशले निशुल्क औषधि समेत प्राप्त गरेका छन् ।

रोटरी क्लब अफ विर्तामोड मिड्टाउन को आयोजनामा जसिमहंत फाउण्डेशनले संयोजन गरेको स्वास्थ्य परिक्षण शिविरमा स्थानिय ले सेवा लिएका हुन् ।

त्यस क्रममा बि एण्ड सी अस्पताल ले चिकित्षक सहितको प्राविधिक सहयोग उपलब्ध गराएको रोटरी विर्तामोड का सस्थापक अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिनु भयो ।

आमचोक स्थित सिंहदेवी मा वि को प्राङ्गण मा इलाम स्थित सरकारी कार्यालयहरुले एकीकृत घुम्ती शिविर पनि संचालन गरेका थिए । जिल्ला प्रशासन कार्यालयले नागरिकता बनाएको थियो भने नेपाल प्रहरी ,कृषि ज्ञान केन्द्र ,आन्तरिक राजस्व कार्यालय ,निर्वाचन कार्यालय ,मेची आयुर्वेद कार्यालय ले पनि आ आफ्नो क्षेत्रको सेवा प्रदान गरेका थिए ।

प्रमुख जिल्ला अधिकारि श्रवन कुमार तिमिल्शिना को अध्यक्षता मा संचालन भएको कार्यक्रमको उद्घाटन पछि आमचोक सहित फाकफोक ,एकतप्पा ,लुम्दे ,पÞmुयतप्पा लगायतका सर्वसाधारण लाभान्वित भएका छन् ।


सोहि कार्यक्रममा एक्सल बैंक सगको सहकार्यमा रोटरी क्लव अफ विर्तामोड मिड्टाउन ले २ सय बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो ।

सामुदायिक बिद्यालयमा आर्थिक अवस्था न्यून भएका विद्यार्थीलाई चयन गरि ज्याकेट वितरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले बताउनु भयो ।

त्यस अघि गाउपालिका उपाध्यक्ष सरस्वति राइ ले औपचारिक कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । फाकफोक्थुम गाउपालिका अध्यक्ष राम कुमार श्रेष्ठ ले एकीकृत घुम्ती शिविर संचालन गर्ने सरकारी निकाय र निशुल्क स्वास्थ्य परिक्षण आयोजना गर्ने रोटरी क्लव अफ विर्तामोड मिड्टाउन तथा जसी महन्त फाउण्डेशनको प्रशंसा गर्नु भएको थियो ।

नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ मेची युनिट को समेत सहभागिता रहेको स्वास्थ्य परिक्षण शिविर उद्घाटन सत्रमा जसी महन्त फाउण्डेशनका अध्यक्ष गजेन्द्र पौडेल र रोटरी क्लव अफ विर्तामोड मिड्टाउन कि अध्यक्ष शुभ कुमाई पाठक ले सम्वोधन गर्नु भएको थियो ।

Views: 103

प्रतिक्रिया (०)