Aamsanchar

अन्तर्राष्ट्रिय व्यापार महोत्सवको ९५ प्रतिशत तयारी पुरा

Author Image
बुधवार, माघ ९, २०७५


झापा । बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि २३ माघसम्म अन्तर्राष्ट्रिय स्तरको महोत्सवको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने जनाइएको छ । उद्घाटन कार्यक्रममा हेलिकप्टर मार्फत पुष्पब्रृष्टि गरिने जनाइएको छ । १३ दिनसम्म सञ्चालन हुने महोत्सवका विषयमा बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

संघका अध्यक्ष कुमार भट्टराईले महोत्सवमा नेपाल लगायत छिमेकी राष्ट्रहरुका लगानी कर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराउने कार्यक्रम रहेको बताए । चार भागमा विभाजन गरिएको महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहने कार्यक्रम संयोजक प्रकाश शिवाकोटीले जानकारी दिए ।
प्रदर्शनी कक्षमा अलग– अलग परिसर बनाई अटो मोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तराष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटनसम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल रहने महोत्सवका संयोजक प्रकास शिवाकोटीले जानकारी दिए ।

नेपाल लगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने उद्देश्यका साथ संघले महोत्सव आयोजना गरेको वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । मेलामा स्वागतका लागि झापाका विभिन्न स्थानमा १५ वटा स्वागतद्धार निर्माण गरिएको बताइएको छ । सात वटा उद्योग वाणिजय संघ आफैंले निर्माण गर्ने र अन्य स्वागतद्धार भने विभिन्न संघ संस्थाले निर्माण गरिदिने अध्यक्ष भट्टराईले जानकारी दिए । महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिवाकोटीले महोत्सवमा काठमाडौँ, बंगलादेश, पाकिस्तान र भारतबाट स्टल रहने जानकारी गराए । महोत्सवमा भारतबाट किचन र फर्निचरका सामग्री, पाकिस्तानबाट छाला र साडी, बंगलादेशबाट गार्मेन्ट कपडाहरुका स्टल रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

उनका अनुसार मेलाबाट नाफा भएको रकमले वाणिज्य संघको भवन मार्तत तथा रङरोगन गरिने छ । पार्किङको ब्यवस्थापनका लागि पूर्वेली क्लबलाई जिम्मा दिइएको र शुल्कको निगरानी वाणिजय संघले गर्ने जनाइएको छ । मेलामा ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति देखाउनेछन् । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर सम्मका उत्पादन मेलामा पाइने मेला आयोजक समितिका सचिब सञ्जिव घिमिरेले बताए । १ करोड ५ लाख रुपैयाँको लागतमा मेला सम्पन्न हुने उनको भनाइ छ ।
मेला २ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीका अनुसार मेलामा २०० भन्दा बढी स्टल राखिनेछन् । महोत्सवमा मुलुकका चर्चित कलाकारहरु तथा विभिन्न व्याण्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ ।

महोत्सव सफल बनाउन मूल समिति तथा विभिन्न १० वटा उपसमिति बनाइएको छ । महोत्सव स्थलमा सीसी टिभीबाट २४ घण्टा सुरक्षाको व्यवस्था मिलाइएको संघले जनाएको छ । मेलाको मुख्य प्रायोजन रमपम चाउचाउले गरेको छ । महोत्सवमा हेलिकप्टरबाट बिर्तामोड, झापा जिल्लाभर तथा ताप्लेजुङ स्थित पाथिभरा मन्दिरको दर्शनका लागि सेवा दिइने जनाइएको छ । जसमा बिर्तामोडका लागि ५ हजार, झापाभर १० हजार र ताप्लेजुङका लागि ३० हजार प्रतिब्यक्ति सेवा शुल्क लाग्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।

पत्रकानर सम्मेलनमा कार्यक्रम संचालन महोत्सव समितिका सचिव सञ्जिव धिमिरेले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)