Aamsanchar

विराटनगरमा बिद्यार्थी बोकेको म्याजिक भ्यान दुर्घटना हुदाँ ६ जना बिद्यार्थी घाइते

Author Image
बिहिवार, माघ १०, २०७५

विराटनगर।

मोरङको विराटनगर स्थित मिल्स एरियामा आज बिहान स्कुल भ्यान दुर्घटना भएको छ ।

विराटनगर १५ मा रहेको श्रीराम स्कुलको म्याजिक भ्यान बिद्यार्थी लिएर बिद्यालय आउने क्रममा दुर्घटनामा परेको हो । को १ च ७०३४ नम्बरको म्याजिक भ्यान बिहान साढे ९ बजे विराटनगर महानगरपालिकाले बनाउँदै गरेको सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोक्कीँदा पल्टिएको बिद्यालयका प्रिन्सीपल मनोकुमार साहले जानकारी दिए ।

दुर्घटनामा ६ जना बिद्यार्थी घाईते भएका छन् । ४ जनाको अबस्था सामान्य भएपनि अन्य २ जनाको टाउकोमा गम्भीर चोट लागेको बिद्यालयले जनाएको छ । घाईते हुनेमा कुनल साह, आयुष यादव, मजहर अग्रहरी, कृष्ण राजबशी,विपल रनपाल रहेका छन् ।

उनीहरु कोशी अञ्चल अस्पतालको आकस्मीक कक्षमा उपचार भईरहेको प्रहीले जनाएको छ । दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर