विराटनगर।

सुनसरीको बर्जु गाउँपालिका– १ शुक्रवारेमा पानी जमेको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ५२ को रमेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घर नजिकै रहेको पानी जमेको खाल्डोमा साईकल र मानिस सहित डुबेर गम्भिर भएका गुरुङलाई उपचारको लागि विराटनगर लाईफगार्ड अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Views: 202

