Aamsanchar

तुलादानको रकम विद्यालयलाई

Author Image
शनिवार, माघ १२, २०७५

बागलुङ,

गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ ।

थापाका परिवारजनले सोही ठाउँका प्रगति आधारभूत विद्यालयलाई रु एक लाख ५०५ शुक्रबार हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम विद्यालयमा सञ्चालित बाल विकास केन्द्रको अक्षयकोषमा राखिने विद्यालयले जनाएको छ ।

“अक्षयकोषबाट आउने ब्याज रकम बाल विकासमा खर्च गर्छौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले भन्नुभयो । उहाँले आर्थिक स्रोतको अभावमा बाल विकास केन्द्र सञ्चालनमा कठिनाइ आइपरेको उल्लेख गर्नुभयो । बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको थापाका नाति तुलवीरले बताउनुभयो ।

वैदेशिक रोजगारीमा रहनुभएका तुलवीर र उहाँका दाजु टेकबहादुरले यसअघि पनि सोही विद्यालयलाई रु दुई लाख ११ हजार १११ सहयोग प्रदान गर्नुभएको थियो । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने उक्त विद्यालयमा १२३ र बाल विकास केन्द्रमा २३ बालबालिका अध्ययनरत छन् । थापाको गत सोमबार चौरासी पूजा गरिएको थियो ।

Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर