Aamsanchar

माथिल्लो खोरुङ्गा खोलामा कार्यरत एक कामदारको मृत्यु 

Author Image
शनिवार, माघ १२, २०७५

कञ्चनपुर,

माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर मृत्यु भएको छ ।

आयोजनामा कार्यरत कञ्चनपुर लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो ।

आयोजनाको पावरहाउस नजिकै करीब ३५ मिटर अग्लो कान्लाबाट शुक्रबार खसेपछि गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल हुँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर