Aamsanchar

हातखुट्टा बाँधेर, मुखमा सिरानी कोचेर दुगडको हत्या

Author Image
शनिवार, माघ १२, २०७५

झापाको भद्रपुरमा एकजनाका हत्या भएको छ । भद्रपुर–९ मा रहेको मनसा सिमेन्ट उद्योगका व्यवस्थापक कमल सिंह दुगडको शुक्रबार राति हत्या भएको हो ।

अन्दाजी ६५ वर्षका भारतीय नागरिक दुगडको उनकै क्वाटरमा नचिनेका मानिसको समूहले हातखुट्टा बाँधेर घाँटी थिची मुखमा सिरानी कोचेर हत्या भएको अवस्था शव भेटिएको झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

भारतको विशाखापट्नमका दुगड गएको दुई वर्षदेखि मनसा सिमेन्ट उद्योगमा कार्यरत थिए । उनी शनिबार घर फर्किने तयारमि थिए । बिहान ड्राइभर उनलाई लिन आउँदा नउठेपछि ढोका फोरेर हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न पक्राउ परेका छैनन् र उनीहरुको खोजी भइरहेको डिएसपी श्रेष्ठले बताएका छन् । घटनास्थलमा अहिले प्रहरीले घेराबन्दी गरेको छ ।

Views: 368

प्रतिक्रिया (०)

सम्बन्धित खबर