झापा ।

बिहान १० देखी बेलुकी ४ बजेको समयमा विद्यालय पुग्दा सम्पुर्ण विद्यार्थी कक्षा कोठामा हुनुपर्ने हो । तर, शुुक्रबार बिहान ११ बजे विराट ज्योति अङ्गे्रजी माविमा पुग्दा सबै विद्यार्थीहरु आफुले तयार पारेको वैज्ञानीक उपकरण लिएर छरिएको अवस्थामा रहेका थिए ।

विराट ज्योतिले विद्यार्थीहरुको वैज्ञानिक क्षमता अभिवृदी गर्नको लागि विगत ३ बर्ष यता लगातार विज्ञान प्रदर्शनी राख्दै आएको छ । कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले विज्ञानसँग जोडिएका विभिन्न प्रयोगहरु प्रस्तुत गरेको प्राधानाध्यापक तारा कुमार प्रसाईले बताए ।




कक्षा ९ का विद्याथीहरुले पानीमा विद्युत विच्छेदन, ग्यास (हाइड्रोजन, अक्सिजन लगायतका अन्य) ग्यासलाई प्रयोगशालामा बनाउने तरिका, ‘कपर प्लेट’ आदि प्रस्तुत गरेका थिए । त्यस्तै कक्षा ७ का विद्यार्थीहरुले वज्ञिानका सामग्रीहरुको प्रयोग गरि हातमा आगो बालेर (हेन्ड फाइरिङ) देखाएका थिए ।
विद्यार्थीहरुले वैज्ञानीक तरिका अपनाइ हाइड्रोलिक ट्रक, हाइड्रोलिक क्रेन, हावाबाट बिजुली निकाल्ने, निम्बुको प्रयोगबाट विद्युत निकाल्ने, भुकम्प नाप्ने यन्त्र आदि लगायतका ६० भन्दा बढि सामग्रीहरु प्रस्तुत गरेको विज्ञान विषयका शिक्षक निलम्बर झाले जानकारी दिए ।

प्रदर्शनमा प्रयोग भएका सामग्रीमा सय रुपैयाँ भन्दा माथि खर्च भएमा विद्यालयले सहयोग गर्ने प्रधानाध्यापक प्रसाईले बताए । प्रदर्शनीमा अभिभावकका साथै महेन्द्र माविका विद्यार्थी एवम् शिक्षकहरुको उपस्थीति थियो ।
विद्यालयले गर्दै आएको यस किसिमको प्रदर्शनीले विद्यार्थीहरुको अध्ययनमा थप सहयोग पुग्दै आएको विद्यार्थी अभिभावक संघका टिका ढकालले बताए । कक्षा १ देखि १० सम्मकै प्रदर्शनी भनीएता पनि कक्षा ३ भन्दा माथिका विद्यार्थीले मात्र विज्ञानका सामग्री प्रस्तुत गरेका थिए । कक्षा १ र २ का विद्याथीहरुले भने हस्तकलाका सामग्री प्रस्तुत गरेका थिए ।

