Aamsanchar

स्थानीय तह कर्मचारी युनियनमा वास्तोला

Author Image
शनिवार, माघ १२, २०७५

बिर्तामोड।

स्थानीय तह कर्मचारी युनियन नेपाल झापाको अध्यक्षमा मेघराज वास्तोला चयन भएका छन् । शनिवार स्थानीय तह कर्मचारी युनियन नेपालको बिर्तामोडमा भएको प्रथम अधिवेशनबाट वास्तोला अध्यक्षमा सर्वसम्वत चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा यशोदा सिग्देल, सचिवमा केशव मैनाली, कोषाध्यक्ष सुजता तामाङ र सदस्यहरुमा सौजन कटुवाल,संगीता पौडेल, हेमराज गौतम, प्रकाश चौधरी, गणेश शिटौला, खेम संग्रौला, अरुण सिग्देल, नारायण चम्लागाई र भक्तवहादुर राजवंशी रहेका छन् ।

टे«ड युनियन काँग्रेस झापाका सभापति यज्ञप्रताव अधिकारीको अध्यक्षता र पूर्व सांसद डिल्ली सिटौलालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा टे«ड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव ज्योति कोइराला, प्रदेश नम्वर १ का कार्यवहाक अध्यक्ष डीक घिमिरे, नेपाली काँग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, नेपाल चिया वगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, नेपाल निजामति कर्मचारी युनियन संघ झापाका अध्यक्ष कविन्द्र नेम्वाङ, टे«ड युनियन काँग्रेसका केन्द्रीय सदस्य उर्मिला ढकाल लगायतले नव गठित समितिलाई वधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन टे«ड युनियन काँग्रेसका झापाकी सचिव राजकुमारी शेर्पाले गरेकी थिइन् । नेपाली कांग्रेसमा आस्था राख्ने जिल्लाका १५ वटै स्थानीय तहका कर्मचारी यसमा आवद्ध भएका छन् ।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर