Aamsanchar

रोहितले रचे सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडीको रेकर्ड

Author Image
शनिवार, माघ १२, २०७५

 

नेपाली क्रिकेट टिमका ब्याट्सम्यान रोहितकुमार पौडेल सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी भएका छन् ।

आईसीसीले मान्यता दिएको एक दिवसीय क्रिकेट प्रतियोगितामा रोहितले शनिबार यूएईविरुद्ध अर्धशतक पूरा गरेका हुन् । उनले यसअघि पाकिस्तानका साइद अफ्रिदीको नाममा रहेको सबैभन्दा कम उमेरमा प्रहार गरेको अर्धशतकको रेकर्ड ब्रेक गरेका हुन् ।

अफ्रिदीले सन १९९६ मा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए । त्यतिबेला अफ्रिदी १६ बर्ष २१७ दिनका थिए ।रोहितकुमारले बनाएकाे ५८ बलमा ५५ रन पनि कीर्तिमानी सावित भएकाे छ । यससँगै १६ वर्ष १४६ दिनका रोहित अन्तरराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाउने युवा पुरुष खेलाडी बनेका हुन् । यसअघि भारतीय खेलाडी सचिन तेन्दुलकरको नाममा यो रेकर्ड रहेको थियो ।

उनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा ५९ रन बनाएका थिए । युएईविरुद्ध शनिबार अर्धशतक बनाएका रोहित कुमार पौडेलको उमेर १६ बर्ष १४६ दिन हो । जुन अफ्रिदीभन्दा रोहित ७१ दिनले कान्छो छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर