Aamsanchar

अर्जुनधारामा सुखानी शहीद स्मृती गोल्डकप हुने

Author Image
सोमवार, माघ १४, २०७५

अर्जुनधारा।

सुखानी शहीद स्मृती प्रतिष्ठान नेपालको आयोजनामा आगामी माग १८ गतेदेखि झापाको अर्जुनधारामा सुखानी शहीद स्मृती गोल्डकप प्रदेश नम्बर १स्तरिय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

४६औं सुखानी शहीद स्मृती दिवसको सन्दर्भमा अर्जुनधारा–९स्थिन नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा माग २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विषयमा सोमबार सम्पन्न पत्रकार भेटघाटमा बताइएको हो ।

विजेता र उपविजेत टिमले क्रमश एक लाख एक हजार र ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगितामा आठ टिमको सहभागिता रहने प्रतिष्ठानका सदस्य एवम् प्रदेश नम्बर १का सांसद् वृख प्रधानले जानकारी दिए ।
सहभागी टिमहरुमा पारिजात महिला फुटबल क्लब(झापा), कनकाई नगर खेलकुद समिति(झापा), इलाम जिल्ला फुटबल संघ, कर्णसिंह सोनाम फुटबल क्लब(ताप्लेजुङ्ग), लेटाङ फुटबल क्लब(मोरङ), माउण्ट एभरेष्ट फुटबल क्लब(सुनसरी), धनकुटा फुटबल क्लब र बसाहा फुटबल क्लब(उदयपुर) रहेका छन् ।

त्यसैगरी वूमन अफ दी टुर्नामेन्टलाई नगद पाँच हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्डलाई नगद तीन हजार र प्रत्येक खेलको वूमन अफ दी म्याचलाई नगद दुईहजार प्रदान गर्ने बताइएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गर्ने उक्त प्रतियोगिता सम्पन्न गर्न सांसद् प्रधानको अध्यक्षतामा १३ सदस्यीय मूल आयोजक समारोह समिति तथा नौ वटा उपसमिति गठन गरिएको सुखानी शहीद स्मृती उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ बरालले जानकारी दिए ।

नवगठिन उपसमितिहरुमा टेकराज सुब्बाको संयोजकत्वमा खेलमैदान तथा मञ्च व्यवस्थापन उपसमिति, वीरबहादुर राईको संयोजकत्वमा सुरक्षा उपसमिति, मोसेस खड्काको संयोजकत्वमा प्राथमिक उपचार व्यवस्थापन उपसमिति, पूष्पलाल तिवारीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, भगीरथ आले “मामा”को संयोजकत्वमा खेल प्राविद्यिक तथा अनुशासन उपसमिति, अस्मिता चिमरीयाको संयोजकत्वमा खाद्य तथा आवास उपसमिति, मनोज गोम्देनको संयोजकत्वमा स्वमंसेवक उपसमिति, टंकनाथ बरालको संयोजकत्वमा अतिथि सत्कार उपसमिति र बलदेवसिंह गोम्देनको संयोजकत्वमा स्रोत परिचालन उपसमिति रहेका छन् ।

विजेताको नगद पुरस्कार अर्जुनधारा नगरपालिका र उपविजेताको नगद पुरस्कार बिर्तामोड नगरपालिकाले प्रदान गर्ने उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित सात लाख ८४ हजार रुपैयाँ खर्च लाग्ने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले बताए ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष बरालको अध्यक्षता र प्रदेश सांसद् प्रधानको प्रमुख आतिथ्यमा आयोजित भेटघाटमा वडाध्यक्ष पूष्पकुमार प्रसाईं, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले “मामा”, झापा जिल्ला रेफ्री संघका अध्यक्ष प्रदीपकुमार बस्नेत, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शी, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।

सोही दिवसको सन्दर्भमा फाल्गुनको तेस्रो साता प्रतिष्ठानले अन्तर क्याम्पस वकतृत्वकला प्रतियोगिता र हाफ म्याराथनको पनि आयोजना गर्ने प्रतिष्ठानका व्यवस्थापक तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर