Aamsanchar

शनिश्चरे प्राथमिक स्वास्थ्य चौकीमा डाक्टर नै बस्दैनन्

Author Image
मङ्गलवार, माघ १५, २०७५

अमित खम्बू / अर्जुनधारा ।

नियमित तथा कार्यालय समयमा ओपिडीमा डाक्टरहरु नबसेका कारण झापाको अर्जुनधारा–९स्थित शनिश्चरे प्राथमिक स्वास्थ्य चौकीमा सेवा लिन पुग्ने सेवाग्राहीहरु समयमै सेवा लिनबाट वञ्चित हुने गरेको पाइएको छ ।

सेवाग्राहीको गुनासोपछी सोमबार सञ्चारकर्मीहरुको टोली स्वास्थ्य चौकीमा पुग्दा प्रमुख डा. सुशिलाकुमारी यादव, डा.कमला आचार्य, एचए सन्तोष चिमरीयाको ओपिडीमा ओजेटीका लागि पुगेको सहयोगी विद्यार्थीहरु मात्रै देखिन्थे ।

दैनिक औषतमा दुई सय जना सेवाग्राही स्वास्थ्य परीक्षणका लागि पुग्ने उक्त चौकीको ओपिडीमा डाक्टर नभेटीनु, लामो समय कुर्नु दैनिकी जस्तै भएको उपचारको लागि पुग्ने बिरामीहरु बताउँछन् । श्रीमतीसँगै सेवा लिन पुगेका जनप्रतिनिधि नरेन्द्रप्रसाद अधिकारी डाक्टरहरु समयमा नआएको कारण सेवाग्राहीहरुलाई थप पीडा हुने गरेको बताउँछन् ।

त्यसैगरी बुबाको सुगर परीक्षणको लागि ८ः३० बजेनै उक्त चौकीमा पुगेका अर्जुनधारा–१का डीबी दर्नाल समयमा डाक्टर नआएको कारण कार्यालय समयभन्दा २५ मिनेटपछी मात्र डाक्टरलाई रिपोर्ट देखाउन पाएको बताउँछन् । “पहिला त यस्तो लागेको थिएन,‘अब चाँही कमजोरी शुरु हुनथालेछ” –उनले भने ।

त्यसैगरी चौकीका निमित्त प्रमुख डम्मरुबल्लभ मिश्रसँग यो विषयमा जानकारी लिँदा एक हप्ताको लागि विदा मागेको चौकीका प्रमुख डा.यादवनै विना जानकारी विदा बस्ने गरेको प्रतिक्रिया दिए । आफू पनि कार्यालय समय भन्दा दुई मिनेट ढिलो पुगेको स्वीकारेका उनी भन्छन्–“प्रमुखलेनै बेवास्ता गरेपछी अरुले पनि त्यसै गर्ने हो ।”

प्रमुख सहित दैनिक तीन वटा ओपिडी सञ्चालन हुनुपर्नेमा स्वास्थ्यको कारण गत पुस ४ गतेबाट विदामा बसेको प्रमुख यादवको विदा पुस १० गतेनै सकिएको हो । डा.मुना नेपाललाई मात्र बुद्धशान्तिको स्वास्थ्य शिविरमा पठाउने सिफारिस गरिएकोमा अर्का डा.अनिता चौलागाईं पनि उक्त शिविरमा जाँदा ओपिडी खाली भएको निमित्त प्रमुख मिश्रले बताए । “फलानो गएन भने त जाँदिन भनेर हठ गर्छन्,‘के गर्नु ?”–उनले भने ।

पटक–पटक यो विषयमा उनीहरुलाई सचेत गराउँदा आफूलाई नटेरेको चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष पूष्पकुमार प्रसाईंले बताए । यता यस विषयमा नगर प्रमुख हरिकुमार रानासँग बुझ्दा तत्कालको लागि उनीहरुलाई सम्झाई बुझाई गर्नु बाहेक अरु विकल्प नभएको बताँउछन् । “नीतिगत र सांगठनिक समस्याका कारण उनीहरुलाई काममा उर्जा नभएको हुनसक्छ ।”– डा. गोविन्द केसीको आन्दोलनतर्फ संकेत गरेका उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर