Aamsanchar

अर्जुनधारामा कृषि तथा पशु व्यवस्थापन तालिम

Author Image
मङ्गलवार, माघ १५, २०७५

अर्जुनधारा।

महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–७को आयोजनामा दुई दिवसीय कृषि तथा पशु व्यवस्थापन तालिम मंगलबारदेखि शुरु भएको छ ।

संस्थामा आवद्ध कृषक शेयर सदस्यहरुलाई व्यवसायिकरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको संस्था सञ्चालक समितिकी अध्यक्ष नीलाकुमारी दाहालले बताइन् ।

समितिकी अध्यक्ष दाहालको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा तालिमको औचित्यसहित स्वागत व्यवस्थापक उमा थापाले गरेकी थिइन् ।

नगर पशुपंक्षी विकास शाखाका प्रमुख पदमलाल राईले सहजिकरण गरेको तालिममा ७० जनाको सहभागिता रहेको समितिकी सचिव गीता अधिकारीले जानकारी दिइन् ।

प्रमुखका स्वकीय सचिव गजेन्द्र खनाल, समितिकी संस्थापक अध्यक्ष चन्द्रकला पौड्याल, मीनाकुमारी खड्कालगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सचिव अधिकारीले गरेकी थिइन् ।

Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर