Aamsanchar

प्रथम बलभद्र कप जारी ,मंगलवार पनि पाँच वटा खेल सम्पन्न

Author Image
मङ्गलवार, माघ १५, २०७५

मेचीनगर ।

बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ को आयोजनामा जारी प्रथम बलभद्र कप अन्तरगत मंगलवार पनि पाँच वटा खेल सम्पन्न भएका छन् ।

विद्यालयको खेल मैदानमा भएको मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तरगत पवित्र मावि, हिमालयन इङ्लिस एकाडेमी, पशुपति मावि, इष्ट होराइजन इङ्लिस स्कुल र ज्यामिरगढी मावि विजयी भएका छन् ।

पवित्रा माविले बालकल्याण माविलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पवित्रका तर्फबाट आशिष राईले २ गोल गरे भने बालकल्याणका तर्फबाट रामबहादुर खत्रीले १ गोल गरे । खेलको म्यान अफ द म्याच पवित्रका आशिष राई भए ।

दोस्रो खेलमा हिमालयनले थेसीस अंग्रेजी स्कुललाई टाइव्रेकरमा ४–३ गोल अन्तरले हराएको थियो । निर्धाति समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । खेलको म्यान अफ द म्याच थेसीजका गोलरक्षक युवराज अधिकारी भए ।

तेस्रो खेलमा पशुपतिले बलभद्र जनता माविलाई १–० को गोल अन्तरले हराएको थियो । पशुपतिका विजय तामाङले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पशुपतिका उमेश बस्नेत भएका आयोजक समितिका नरेन्द्र मगरले बताए ।

यसैगरी, ज्यामिरगढीले सरस्वती मावि बाहुनडाँगीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । ज्यामिरगढीका तर्फबाट अमिनास कटुवाल र राजेश राजवंशीले गोल गरेका थिए । सरस्वती माविका विशेष थापाले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच अन्तिम खेलमा नर्थ प्वाइन्ट खेलमा सहभागि नभएपछि वाकओभरको आधारमा इष्ट होराइजन विजय भएको थियो ।

बुधवारको खेल काँकरभिट्टा मावि र कबिशिरोमणी मावि, सनसाइन इङ्लिस स्कुल र सनसाइन इङ्लिस स्कुल, मेची आधारभूत विद्यालय र नव ज्योति आधारभूत, कन्भेन्ट इङलिस स्कुल र एभ्रेष्ट भ्यू बोडिङ स्कुल तथा अरुणोदय आवसीय मावि र फाइव स्टार बोडिङ स्कुलबीच हुने आयोजक समितिका सदस्य रिता थापाले बताइन् ।

प्रतियोगितामा मेचीनगरका २२ वटा सामुदायिक र १८ वटा निजी विद्यालयहरुको सहभागिता रहेको छ । यो प्रतियोगिता जिल्लाकै सबै भन्दा धेरै विद्यालय सहभागि गराएर आयोजना गरिएको खेल हो । प्रतियोगिताको फाइनल माघ २५ गते हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)