Aamsanchar

आठ हजार व्यक्तिको आँखा जाँच

Author Image
बुधवार, माघ १६, २०७५

सङ्खुवासभा, 

खाँदबारी नगरपालिकामा आयोजित निःशुल्क आँखा तथा कान जाँच शिविरमा आठ हजार पाँच सयभन्दा बढी व्यक्तिले सेवा लिएका छन् ।

खाँदबारी नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको संयुक्त आयोजनामा भएको सो शिविरमा नगर क्षेत्रभित्रका ३८ विद्यालयका सात हजार विद्यार्थी तथा एक हजार पाँय सय बढी स्थानीयवासीले आँखा र कान जाँच गराएका थिए ।

पन्चानब्बे जनामा मोतियाविन्दु भेटिएको छ भने ३०० विद्यार्थीको पुनः आँखा जाँच गर्नुपर्ने देखिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले जानकारी दिनुभयो ।

“उनीहरुलाई खाँदबारी अस्पतालका लागि सिफारिश गरिएको छ,” उहाँले भन्नुभयो । चालीस विद्यार्थी तथा ६० स्थानीयवासीको कानको जालीमा प्वाल परेको भेटिएको छ । मोतियाविन्दुका रोगीको शल्यक्रिया माघ २५ र २६ गते गरिने बरालले बताउनुभयो । शिविरमा ६०० जनलाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर