Aamsanchar

नेरेसो अर्जुनधारा उपशाखाको रजत महोत्सवमा रक्तदान

Author Image
बिहिवार, माघ १७, २०७५

अर्जुनधारा।

नेपाल रेडक्रस सोसाईटी अर्जुनधारा उपशाखाको रजत महोत्सवको सन्दर्भमा एक दिवसीय रक्तदान कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

उपशाखा, शिक्षक नायक शाखा कमिटी र युवा रेडक्रस सर्कल शनिश्चरे बहुमुखी क्याम्पस इकाईको आयोजना र नेरेसो बिर्तामोड उपशाखाको प्राविद्यिक सहयोगमा आयोजित कार्यक्रममा आठ जना महिलासहित ३० जनाले रक्तदान गरेका थिए ।

शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा–८को प्राङ्गणमा उपशाखाका अध्यक्ष पूण्यप्रसाद भट्टराईको अध्यक्षता र नेरेसो झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत शिक्षक रमेश नेपालले गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति हेमप्रसाद खरेल, अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव चर्तुभूज काफ्ले, ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजका सचिव नरेन्द्रप्रसाद तिम्सिना, शिक्षक नायक शाखा कमिटीकी सभापति तारा विश्वकर्मा, उपशाखाकी पूर्व सदस्य गंगादेवी जोशीलगायतले रक्तदानको महत्वको विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

बोर्ड सदस्य रमेश त्रिखत्री, युवा संघ नेपालका केन्द्रीय सदस्य प्रत्युस राना, क्याम्पस प्रमुख मोहनप्रसाद ओलीलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन उपशाखाका सचिव कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

Views: 163

प्रतिक्रिया (०)