सुरुङ्गा।

पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सुरुङ्गा शाखा गठन गरिएको छ ।

शाखाको प्रथम अधिवेशनबाट अध्यक्षमा सीता थेबे, उपाध्यक्षमा श्यामकुमार पौडेल, सचिवमा नेत्र प्रसाई, सहसचिवमा सफिउल्ला अन्सारी र कोषाध्यक्षमा पूर्णिमा राजवंशीलाई चयन गरिएको छ । सदस्यहरुमा रामचन्द्र खरेल, नारायण कार्की, लक्ष्मीप्रसाद निरौला, सन्तोष हस्दा, वीरसिंह राजवंशी र दशरथ खरेल रहेका छन् ।

पेशागत बिमा अभिकर्ता संघ नेपालका सचिव रामकुमार बुढाथोकीको प्रमुख आतिथ्य र अभिकर्ता कविता बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रीय सदस्यद्वय तेजमणि प्रसाई र तेजप्रसाद तिवारी, दमक शाखा प्रमुख रिमेन पौडेल, नरेश बञ्जरा, श्रीप्रसाद सिटौला, भूवन पुडासैनी, रामकुमार बुढाथोकी, टीकाप्रसाद उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


