Aamsanchar

वुवाको काजकिरिया गर्दै तीन छोरी

Author Image
बिहिवार, माघ १७, २०७५

बिर्तामोड।

हिन्दू संकार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काज किरिया गर्ने चलन छ । छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले दशगात्र काज किरिया गर्ने चलन छ । तर, समय अनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ । छोरा नहुँने आमाबुबा मृत्युपछि स्वर्ग पुग्दैनन् भन्ने सोचलाई अहिले छोरीले तोड्न थालेका छन् ।

पुरानो मान्यता तोड्दै झापा बिर्तामोड नगरपालिका – २ निवासी देवी घिमिरेको निधनपछि उहाँका तीन छोरी यतिवेला दशगात्र कर्ममा छन् । साविक गरामनी गाविस अध्यक्ष समेत रहनुभएका ६२ वर्षीय घिमिरेको गत माघ १० गते निमोनियाका कारण काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएपछि उहाँको दशगात्र काजकिरिया तीन छोरीहरु विञ्जु घिमिरे (लुइटेल) इञ्जु घिमिरे (प्रसाई) र सञ्जु घिमिरे (संग्रौला) ले गरिरहनु भएको छ । आमा चन्द्रकला घिमिरे सहित उहाँहरुले निसंकोच बुबाको दशगात्र कर्म कोरो ढिकुरो गरेर नै बसिरहनु भएको छ ।

छोरीहरु पनि तीनै बुवा आमाका सन्तान हुन्, उनीहरुमा पनि उही रगत छ, शास्त्रमा जेलिखिएको भएपनि त्यसलाई तोड्दै सहिद परिवर घिमिरेका छोरीहरुले वुवाको काजकिरिया गरेर समाजमा उदाहरण प्रस्तुत गरेको बताउनुहुन्छ बिर्तामोड नगरपालिका–२ का वडा अध्यक्ष नरेन्द्र संग्रौला ।

उहाँ मात्र होइन नेकपा एमाले बिर्तामोड नगरअध्यक्ष ज्ञानुराम प्रसाईले पहिला अनिवार्य छोरा जन्माउनै पर्ने,उसैले मात्र आमा वुवाको काजकिरिया गर्नु पर्ने वाध्यात्मक अबस्थामा रहेपनि अहिले त्यो हटेर गएको बताउनुभयो । अहिले एउटा दुई वटा छोरा छोरी जन्माउने गरिएको र संविधानमै छोरा छोरी दुवै वरावर भनिएकाले पनि छोरीले पनि वा आमाको काज किरिया गर्न थालेका हुन प्रसाईले भन्नुभयो ।

यता वुवाको दशगात्र काज किरिया गरेर बसिरहनु भएकी माइली छोरी इञ्जुले वुवाको चाहाना अनुसार नै आफूहरुले वुवाको काज किरिया गरिरहेको बताउनु भएको छ ।

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर