Aamsanchar

निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

Author Image
शुक्रवार, माघ १८, २०७५

तुलसीपुर,

दाङको गढवा गाउँपालिकाले ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । गाउँपालिकालाई मोतियाविन्दुरहित गाउँपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा स्वास्थ्य शिविर आयोजना गरी आँखामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक सहयोगमा शल्यक्रिया गरिएको हो । गाउँपालिकामा यस आर्थिक वर्षदेखि मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवाका लागि अस्पताल र गाउँपालिकाबीच सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकामा १२० को आँखामा देखिएको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने र कम्तीमा एक हजार ५०० को आँखाको जाँच गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले जानकारी दिनुभएको छ ।

कार्यक्रमलाई निरन्तरता दिनेसमेत उहाँले बताउनुभयो । अस्पतालले गरेको सर्वेक्षणअनुसार गाउँपालिकाको ३८ हजार ५९२ जनसङ्ख्यामध्ये ३९१ मा मोतिविन्दुको समस्या देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर