अर्जुनधारा।
साविक विजेता लेटाङ फुटबल क्लब मोरङलाई पराजित गर्दै कनकाई नगर खेलकुद समिति झापाको अर्जुनधारामा जारी प्रदेश नं.१स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेल मैदानमा आज सम्पन्न खेलमा लेटाङलाई १–० गोलले पराजित गर्दै कनकाई सेमिफाइनल पुग्न सफल भएको हो ।
विजयी टिमको लागि खेलको २७औं मिनेटमा पवित्रा राईले गोल गरेकी थिइन् । प्रतियोगिताको वूमन अफ दी म्याच कनकाईकी रीता गजमेर घोषित भएकी थिइन् । उनलाई आयोजक सुखानी शहीद स्मृती प्रतिष्ठान नेपालका अध्यक्ष देवराज घिमिरेले नगद दुई हजारबाट पुरस्कृत गरेका थिए ।
सोमबार(भोली)को खेल इलाम जिल्ला फुटबल संघ र माउन्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीबीच हुने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 213