भद्रपुर ।



दुगड फुड एण्ड वेभरेज काठमाडौंबाट उत्पादित फुट्री जुस बजारमा खान अयोग्य भेटिन थालिएको छ । झापाली महिला पत्रकार सुभद्रा खडकाको दाहसंस्कारमा गएका मलामीजनलाई वितरण गरिएको फुट्री जुसमा लेदो भेटनुका साथै रक्सी जस्तो गन्हाउँदा खान अयोग्य भेटिएकोे हो ।

बजारमा यस्तो बिषादी फुट्री बजार बिक्री वितरण हुदाँ पनि नियमनकारी बेखर छन् । लेदो भेटिएको फुट्री रक्सी जस्तो गन्हाउने थालेपछि मलामीजना केहीवेर खैलाबैला मचिएको थियो ।

एउटा कार्टुनमा ३० वटा फुट्रीको प्याकेट हुन्छ । त्यसमध्ये एउटा फुट्री जुसको प्याकेट मलामी गएका स्थानीय रेशम पराजुलीलाई पिउन दिइएको थियो । उनले फुट्री खोलेर पिउन खोज्दा रक्सी जस्तो गन्हाएको भन्दै अन्य मलामीजनलाई जानकारी गराएपछि सो घटना बाहिर आएको थियो ।
त्यसपछि फुट्रीको प्याकेटमा लेखिएको मिति मलामीजनहरुले हेर्न थाले । उनीहरुले फुट्रीबाट निस्किएको लेदो जस्तो जुसलाई सुघ्न थाले । फुट्रीमा भेटिएको लेदो रक्सी जस्तो गन्हाइरहेको मलामीजन सुवोध कोठारीले बताए । ‘लेदो भेटिनु र गन्हाएको अखाद्य फुट्री खान अयोग्य छ’, स्थानीय मनोज श्रेष्ठले भने, ‘यस्तो अखाद्य बस्तु बिक्री गर्ने कम्पनीलाई कारवाही नगरे उपभोक्ताको ज्यान जोखिममा पर्छ ।’
व्याच नम्बर १८२१७ उल्लेख भएको सो फुट्रीको प्याकेटमा २०१८ अगस्ट ५ तारिक र समय २३ः२१ बी लेखिएको छ । लेदो भेटिएको फुट्रीको कार्टुनमा अरु फुट्रीको प्याकेटमा पनि व्याच नम्बर एउटै उल्लेख छ । ९ महिनाको समय अवधि तोकिएकोमा पाँच महिनामै फुट्रीमा लेदोसहित गन्हाउन थालेपछि मलामीजनहरुले फुट्री खाएनन । यता लेदोसहित गन्हाएको फुट्रीको प्याकेट सुरिक्षत राखिएको छ ।

