Aamsanchar

झापामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

Author Image
आइतवार, माघ २०, २०७५

झापा ।

मोटरसाइकलले ठक्कर दिँदा कमल गाउँपालिका ६ स्थित दही चोकमा एकजनाको झापामा पैदलयात्रुको मृत्यु भएको छ।

मोरङ रंगेली नगरपालिका ८ का ४५ वर्षीय सुरज ऋषिदेवको मृत्यु भएको प्रहरी कार्यालय झापाका नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार शनिवार राति दक्षिणबाट उत्तरतर्फ जादै गरेको को १६ प १६०६ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री ऋषिदेवलाई ठक्कर दिएको थियो।

विराटनगर न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। इलाका प्रहरी कार्यालय दमकले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

Views: 210

प्रतिक्रिया (०)