Aamsanchar

अर्जुनधारामा १९ करोड ५२ लाख ५ हजार रुपैंया खर्च

Author Image
आइतवार, माघ २०, २०७५

सब्द : सागर गौतम
फोटो : विनोद पाण्डे/आमसंचार

नगर प्रमुख हरिकुमार राना

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पकज भूर्तेलले नगरका ४ सय ९२ योजना मध्ये ५९ वटा कार्य सम्पन्न भई सकेको बताएका छन् ।वडा–१ मा रहेको हलुवागढ कालीखोला सिमसार क्षेत्रमा नगरपालिकाको मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।

उनले भनेर्– ५५ वटा नगर स्तरीय योजना हुन् त्यसमध्ये ४ सय ३७ वटा वडास्तरीय योजना छन् । जसमा २ सय ८ वटाको सम्झौंता भई निर्माण काम भैइरहेको छ । ६० करोड ८१ लाख ७ हजार ३ सय ७१ बजेट विकासका लागि विनियोजन भएको मध्ये अहिले सम्म १९ करोड ५२ लाख ५ हजार रुपैंया निर्माण कार्यमा खर्च भैइसकेका छ । उनले थप अगाडि भने– ऐन नियम कार्यविधिहरु धमाधम निर्माण भइरहेको छ, जसमध्ये १६ वटा निर्माण भई स्विकृत भैइसकेको जानकारी दिए । 

प्रशासकीय अधिकृत पकज भूर्तेल

नगरका सबै सडकहरुको राइट अफ वे निर्धारण गरीएकाले शहरी विकास मन्त्रालय सँगको सहकार्यमा नगरपालिकाको एकिकृत शहरी विकास योजना तयार भई अन्तिम चरणमा पुगेँको उनले दाबी गरेका छन् ।

भूर्तेलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शनिश्चरे बजारलाई केन्द्र मानी बाहिरी तथा भित्री चक्रपथको अवधारणा अनुरुप कार्यारम्भ गरिएको, न्यायीक समितिमा ८२ वटा मुद्दा किनारा लागेको, शैक्षिक घोषणापत्र २०७५ अनुसार शिक्षा विकासका नीतिहरु अघि बढेको उल्लेख गरिएको छ ।

त्यस्तै वडा–२ लाई पशु पकेट, वडा–८ लाई कृषि पकेट गरी पवद्र्धनात्मक कार्यहरु सुरु गरिएको उल्लेख छ । त्यसमा पशुपंक्षि विकासका लागि आवश्यक तथ्याङ्क संकलनको कार्य सम्पन्न भैइसकेको जनाइएको छ । चालु अर्ध आर्थिक वर्षका उपलब्धिहरु सार्वजनिक गर्दै उनले भने–कृषिक्षेत्रलाई मानव स्वास्थ्य प्रतिकृल विषादि रहित बनाउन विभिन्न प्रवद्धनात्मक कार्यहरु संचालन गरी जैविक मल बनाउने तालिम सहित आवश्यक सामाग्रीहरु वितरण गरिसकेका छौं ।

प्रदेश सांसद बृख प्रधान

१ सय ५ जना ज्येष्ठ नागरिकहरुलाई विभिन्न रोगहरुको विषयमा सचेतना गोष्ठि त्यस मध्ये ३३ जना ज्येष्ठ नागरिक र ३ सय ५० जनालाई गरीब लक्षित कमल वितरण गरिएको उल्लेख छ ।

अपाङता परिचयपत्र वितरणका लागि कार्यविधि स्विकृत भैइसकेको अर्जुनधारा नगरमा अहिलेसम्म ७ सय ९५ जना महिला र ९ सय ९७ जना पुरुषलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिसकेका उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

४२ जना महिलालाई ३ महिने सिलाई कटाई तालिम, धुम्रपान, मद्यपान तथा ड्रक्सको कार्यक्रम विद्यालय र वडास्तरहरुमा प्रवद्धनात्मक कार्यहरु संचालन सम्पन्न भई समुदाय प्रहरी गठन भएको बताएका छन् ।

योजना अधिकृत हेमराज सेडाई

नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउर्दै मोबाइल एप्स संचालन सँगै मालपोत संकलन अनलाइन गरिएको र क्रमश विलिङ्गलाई प्रविधिमैत्री गरीने लक्ष्य रहेको उनले बताए । त्यसमा नगरपालिका र वडाकार्यालयहरु बिचको सुचना आदानप्रदान पेपर आधार विधि क्रमिक बन्द गर्दै इमेल मार्फत सूचना आदान प्रदानको कार्य अगाडि बढाइरहेको छौं । सबै वडाहरुमा स्वायत्त रुपमा वडा कार्यालयहरु बाटै सेवा प्रवाह शुरु गरेको छौं ।

वडा –३,७ र ८ आफ्नै भवनबाट संचालित र अन्य वडाहरुका लागि जग्गादाताहरुबाट जग्गा प्राप्त भएको भूर्तेलले बताएका छन् । साविक खुदुनाबारी गाविसमा समेत बैङ्किङ प्रणालीबाट वितरण गर्न एनआइसी एशिया बैकसँग सम्झौता भइसकेको उनले जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष रहेका अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाले शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र(पिएसी)मा २४ घण्टे सेवा सुरु गरेपछि बिरामीको चाप वृद्धि भएकाले मेडिकलको अभिरुचि राखेर आउने जनताको सेवामा निरन्तर खट्न निर्देशन गरेका छन् । जनताको समस्यालाई मध्यनजर गरी सेवा चुस्त, छिट्टै र सहज बनाउन सम्बन्धित विषय विज्ञ डाक्टर राखेँर अगाडि बढ्ने योजना रहेको हुनाले नगरले लिएको नीतिमा साथ सहयोगको अपेक्षा उनले गरेँ ।

कार्यपालिकामा लिपिबद्ध भएको प्रतिवेदन काम गर्दै जाने क्रममा सजिलो अप्ठयारो भएमा नीति बिधि बनाएर अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेँ । गतवर्ष आएको बाडीले ५३ वटा पुल भत्केकाले पुन निर्माण कार्यमा समय बित्र्यो । उनले भने–अहिले मुख्य रुपमा जग्गाको , विद्यालय र स्वास्थ्य क्षेत्रमा समस्या देखापरेँको छ, त्यसलाई व्यवस्थित गर्न उत्तरदायित्व बुझेँर कर्मचारीहरुले सहज ढङ्गले सम्पादन गर्ने निर्देशन गर्दैै नगरको विकासको लक्ष्यलाई सहयोग पुग्नेमा आफू आशावादी रहेको बताए ।

अर्जुनधारा शैक्षिक घोषणापत्र २०७५ जारी भएअनुसार शिक्षाका नीतिहरु अघि बढेँको बताउँर्दै त्यसलाई कार्यान्वयन गरेर जाने सन्दर्भमा सबै तह–तप्काबाट सहयोगको अपेक्षा लिएका बताए । उनले भनेर्– सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने विद्यालय व्यवस्थापन समिति, शिक्षक संघ, संगठनले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । नगरका माध्यमिक, आधारभूत, प्रावि विद्यालयको व्यवस्थापन गरी अगाडि बढ्ने लक्ष्य रहेको छ । ’ पूर्वाधार कामका लागि जिल्ला दररेट चैत्र मसान्त सम्म कार्य सम्पादन गर्ने उनले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी रहेका प्रदेश सासद बृख प्रधानले नगर लिएको योजनालाई प्रशंशा गर्दै जनप्रतिनिधि, सरोकारवाला , सम्बन्धित पक्ष, प्राविधिक र आम नागरिकले सहभागितामूलक ढङ्गले अगाडि बढेँमा कार्यान्वयन कुनै समस्या नहुने जिकिर गरेँ । प्रस्तुत गरिएको प्रतिवेदनले नगरबासीहरुलाई सम्बोधन गरेको बताउँर्दै सासद प्रधानले कुनै विषय छुट्टैमा समावेश गराउँन निर्देशन समेत दिएका थिए ।

Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर