Aamsanchar

सेवाग्राहीको चाप बढेपछि एक्सपर्टले झापामै अर्को शाखा खोल्ने तयारी

Author Image
आइतवार, माघ २०, २०७५

बिर्तामोड स्थित कार्यालय

बिर्तामोड ।  एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्मिसेज कन्सल्टेन्सीबाट अष्ट्रेलिया जानेहरुको संख्या बढ्दै गएको छ ।

नेपालका प्रमुख शहरका साथै अष्ट्रेलिया, भारत लगायतका विभिन्न देशमा रहेको शाखा कार्यालयहरुको यस कन्सल्टेन्सीमा विद्यार्थी तथा अभिभावकहरुको आकर्षण बढ्दै गएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बिर्तामोड शाखाका प्रबन्धक कृष्ण खतिवडाले जानकारी दिए ।

उच्च एवम् गुणस्तरीय शिक्षा प्राप्त गर्ने उद्देश्यले नेपालबाट विदेश जाने युवाको संख्या वृद्धिभएसंगै धेरै कन्सल्टेन्सी खुलेपनि सबैको भरपर्दो कन्सल्टेन्सी भने एक्सपर्ट नै भएको विद्यार्थी तथा अभिभावकहरुको भनाई छ ।

बिर्तामोड शाखा प्रमुख कृष्ण खतिवडा

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्मिसेजको स्थापना सन् २००३ मा अष्ट्रेलियामा गरिएको हो । विश्वका अन्य देशहरुलाई छाडेर अष्ट्रेलियामा नै अध्ययनका लागि विद्यार्थी भित्राउने गरी स्थापित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्मिसेजका अहिले अष्ट्रेलियामा ८ वटा, नेपालमा १६ वटा अन्य मुलुकहरुमा गरी जम्मा ३१ वटा शाखा सञ्चालनमा रहेका छन् । स्थापनाको १५ वर्षे अवधिमा एक्सपर्टबाट करिब ३० हजार विद्यार्थीहरुले शैक्षिक परामर्श, अष्ट्रेलियामा अध्ययन एवम् टुरिष्ट भिजाको सेवा लिइसकेको तथ्याङ्क छ ।

नेपालमा रहेका १६ वटा शाखामध्ये झापाको बिर्तामोडमा २०७२ साल असोज महिनाबाट एक्सपर्टले सेवा प्रवाह गर्न थालेको हो । बजारमा अष्ट्रेलिया पठाउने थुप्रै कन्सल्टेन्सीहरु खुलेका छन् तर गुणस्तरीय, भरपर्दो सेवा साथै विश्वसनीय परामर्शका लागि एक्सपर्टकमा एक्सपर्ट सेवा दिने जनशक्ति रहेको बिर्तामोड शाखाका प्रबन्धक खतिवडाको भनाई छ ।

यो कन्सल्टेन्सीमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ,मोरङ लगायतका जिल्लाहरुबाट समेत विद्यार्थी तथा अभिभावकहरु आउने गरेका छन् । धेरै कन्सल्टेन्सीले कमाउ धन्दाका लागी विद्यार्थीलाई झुक्याउने काम गरेपनि एक्सपर्टले भने सबैकुरा विद्यार्थी र अभिभावकलाई बुझाए र अध्ययनका लागि सबै परामर्श दिएर मात्र अष्ट्रेलिया पठाउने गरेको जनाइएको छ । झापाको विर्तामोड भद्रपुर रोडमा रहेको सेवाकेन्द्रमा दिनानुदिन सेवाग्राहीको बढदो चाँपलाई मध्येनजर गरेर एक्सपर्टले दमकमा पनि अर्को शाखा खोल्ने तयारी गरेको बताईएको छ । 

यस कन्सल्टेन्सीले सामाजिक उत्तरदाहित्यव अन्र्तगत विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको शाखा प्रबन्धक खतिवडाको भनाई रहेको छ ।कन्सल्टेन्सीले खेल क्षेत्रमा समेत लगानी गर्ने तथा हाइड्रो पावरमा समेत लगानी गरेर नेपालमा नै लगानी भित्र्याउने काम समेत गर्दै आएको जनाइएको छ ।

 

Views: 47

प्रतिक्रिया (०)