बिर्तामोड । झापामा धेरै छापाखानाहरु सञ्चालनमा आएपनि छुट्टै पहिचान बनाउन सफल ग्लोबल लिङ्क प्रिन्ट एण्ड एभ्रटाइजिङले छोटो समयमा नै ग्रहाकको मन जित्न सफल भएको छ ।
सञ्चालनमा आएको तीन वर्षमा नै सबैको रोजाईमा पर्न सफल ग्लोबल लिङ्कले ग्रहाकको समय र गुणस्तरीयतामा ध्यान दिने गरेको प्रवन्धक निर्देशक कुमार फुयालले बताए । उनले भने– हामीले ग्रहाकलाई दिएको समयमा जसरी पनि काम गरेर दिएका छौं साथै हाम्रोबाट बनेका हरेक सामानहरु गुणस्तरीय छ ।
प्रवन्धक निर्देशक कुमार फुयाल
छापाखानामा फ्ल्याक्स प्रिन्ट,होर्डिङ बोर्ड,लेटरप्याड, कार्यालयका अन्य कागजात, शुभकामना र विवाहका कार्ड, विभिन्न अवार्ड तथा समारोहहरुमा प्रदान गरिने मायाको चिनो लगायत सबै कामहरु एकै थलोबाट उपलब्ध गराउने सञ्चालक फुयालको भनाई छ ।
उनले ग्राहकको माग अनुसार तत्काल काम गर्ने गरेकाले पनि सबैको रोजाईको केन्द्र ग्लोबल लिङ्क बन्दै गएको बताए । बिर्तामोड स्थित भद्रपुर रोडको उर्वसीचोक पश्चिममा रहेको ग्लोबल लिङ्कमा १० जना दक्ष कर्मचारीहरुले रोजकारी पाएका छन् । दैनिक ५० जना ग्रहाक आउने गरेको ग्लोबल लिङ्कमा जापानीज प्रिन्टरबाट प्रिन्टिङ गरिने र उक्त मेसिनमा प्रयोग गरिने मसि समेत गुणस्तरीय रहेकाले चाइनीज प्रिन्टरहरुले प्रिन्ट गरेका सामाग्री भन्दा दोब्बरबढी टिकाउ र गुणस्तरीय हुने प्रवन्धक निर्देशक फुयालले दाबी गरेका छन् ।
वरिष्ट प्राविधिक एमवी राई
मेची अञ्चलका झापासहित इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानबाट समेत ग्रहाकहरु आउने गरेको भन्दै ग्रहाकको मागलाई ध्यान दिएर बिहान ८बजेबाट राती ८ बजेसम्म सञ्चालन गर्ने गरिएको जनाइएको छ । हप्ताको सातैदिन खुल्ला रहने ग्लोबल लिङ्कमा विभिन्न बैंक तथा वित्तिय संस्था, ठूला नीजि कम्पनी, सरकारी कार्यालय, विद्यालय, हस्पिटलहरुले समेत काम गर्दै आएका छन् ।
बिर्तामोडमा धेरै छापाखाना सञ्चालनमा आएपनि गुणस्तरीय र भरपर्दो छापाखानको रुपमा आफ्नो पहिचान बनाइ सकेको ग्लोबल लिङ्कका फुयालले दाबी गरेका छन् ।
थप जानकारीको लागि तल क्लिक गर्नुहोस ।
https://www.facebook.com/raj.adv.54?ref=br_rs