काठमाडौं ।

दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

पूर्व राजाले सोमबार बेलुकासम्म २५० जनाभन्दा बढीसँग भेट गर्नुभएको छ। नितान्त व्यक्तगित भ्रमण भन्दै मध्य तराई र पूर्वी तराइको भ्रमणमा निस्केका ज्ञानेन्द्रले तराईका राजावादी लगायत विभिन्न व्यक्तिसँग भेट गरेका छन्।

भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए। सिमरास्थित प्रभुशमशेरको निवासमा बस्दै आएका ज्ञानेन्द्रले सोमबार सिमरास्थित राममन्दिरमा पूजा अर्चना गरेका थिए। केही दिन सिमरा बसाइपछि उहा सपरिवार झापा जाने कार्यक्रम छ।– थाहाखबरबाट

Views: 111

