Aamsanchar

आत्मनिर्भर बनाउन ढाकाको कपडा बुनाई तालिम

Author Image
मङ्गलवार, माघ २२, २०७५

अर्जुनधारा।

स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान गर्दै आत्मनिर्भर बनाउने उद्धेश्यले झापाको अर्जुनधारामा तीन महिने ढाकाको कपडा बुनाई तालिम शुरु भएको छ ।

नारी चेतना समूह अर्जुनधारा–८को आयोजनामा सञ्चालनरत् उक्त तालिम चालु आर्थिक वर्षमा वडाबाट विनियोजित दुई लाख र स्थानीय सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको एक लाख रुपैयाँसहित जम्मा तीन लाख रुपैयाँको लगानीमा शुरु भएको समितिकी संयोजक पम्फा विश्वकर्माले बताइन् ।

प्रशिक्षक बालकुमारी राईले प्रशिक्षण दिने तालिममा २० जना महिलाको सहभागी छन् । तालिमको क्रममा सहभागीहरुले ढाकाको साडी, चोलो, बर्को, हाफसल, टोपी, मख्लरलगयातका सामग्रीहरु बनाउने बताइएको छ ।

तालिमपश्चात् उद्योग स्थापना गर्ने लक्ष्य लिएको आयोजकले तालिम सञ्चालनको क्रममा सहभागीले विना कारण तालिमबिचमै छोडेको पाइए जरीवाना गराइने आयोजक र सहभागीबिच लिखित सहमती भएको बताइएको छ ।

संयोजक विश्वकर्माको अध्यक्षता र वडाध्यक्ष गोपीचन्द्र गौतमको प्रमुख आतिथ्यमा आयोजित तालिम उद्घाटन कार्यक्रममा स्वागत सहसंयोजक वीना ताम्राकारले गरेकी थिइन् । कार्यक्रममा झापा जिल्ला सहकारी संघकी सदस्य तुलसा कुँवर, क्या.मानबहादुर राई, पार्वती माङमू लिम्बू, विन्दा लूँइटेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याल, जलेश्वर सामुदायिक सिकाई केन्द्रकी सचिव इन्दिरा दाहाललगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन डम्बरकुमारी सत्यालले गरेकी थिइन् ।

Views: 28

प्रतिक्रिया (०)