Aamsanchar

मनकामना कलेजको वार्षिक उत्सव

Author Image
मङ्गलवार, माघ २२, २०७५

बिर्तामोड,

मनकामना कलेज बिर्तामोडले मंगलबार एक कार्यक्रमको आयोजना गरी २०औँ वार्षिक उत्सव तथा कक्षा एघार र स्नातक तह प्रथम वर्षमा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

स्नातक तह चौथो वर्षका विद्यार्थी उमेश बरालको सभापतित्व, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख युवराज पाण्डेको प्रमुख आतिथ्यता, क्याम्पस संचालक समितिका अध्यक्ष कुमार बस्नेत, विभागीय प्रमुख तथा विषय प्राध्यापक लगायतको आतिथ्यतामा भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत भएका थिए ।

कार्यक्रममा लामो समय सम्म यस क्याम्पसमा अध्यापन गराउनु हुने प्रध्यापक, कर्मचारी तथा विभिन्न तहबाट प्रथम भएका विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो भने केही समय अघि भएको खेलकुद कार्यक्रमका विजेताहरुलाई पनि पुरस्कार सहित सम्मान गरिएको थियो ।

स्नातक तह अन्तिम वर्ष विद्यार्थी रोशन भट्टराईले शाब्दिक स्वागत गरेको कार्यक्रम अन्तिम वर्षकै विद्यार्थी गोकुल पौडेलले संचालन गरेका थिए । त्यस्तै अनौपचारिक कार्यक्रमको संचालकमा संगिता कोइराला र हरिकृष्ण भण्डारी तथा पुष्पा चापागाई र इन्साफ भाई ढुंगेलले संयुक्त रुपमा संचालन गरेका थिए ।।

Views: 152

प्रतिक्रिया (०)