Aamsanchar

कुञ्जिवारीमा बम जस्तो देखिने शकांस्पद वस्तु फेला

Author Image
बुधवार, माघ २३, २०७५

झापा ।

झापाको गौरीगञ्जमा बम जस्तो देखिने शकांस्पद वस्तु फेला परेको छ।

गौरीगञ्ज गाउँपालिका १ कुञ्जिवारीस्थित युनिभर्सल बोर्डिङ्ग स्कुलपछाडि बमजस्तो देखिने शकांस्पद वस्तु फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बुधवार दिउँसो स्थानिय गणेश राजवंशी र वसन्त राजवंशीले बाँस काट्न जाने क्रममा स्कुलको पर्खालदेखि पाँच फिट उत्तरपट्टी शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। शंकास्पद वस्तु नजिकै विद्यालयको मुख्य गेटमा दुई पाना पर्चा समेत फेला पत्र परेको जनाइएको छ।

पर्चा कसले र किन राखेको भने अझै खुलेको छैन्। शंकास्पद वस्तु फेला परेपछि विद्यालयका विद्यार्थी त्रसिद देखिएका छन्। प्रहरीले शंकास्पद वस्तुलाई घेरा हालेर राखेको छ, प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘चाराआलीस्थित नेपाली सेनाको बम डिस्फोज टोलीलाई त्यसतर्फ जान अनुरोध गरेका छौ, सेना पुगेपछि बम हो वा होइन भन्ने यकिन हुनेछ।’

Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर