बिर्तामोड।

बिर्तामोड नगर सरसफाई अभियानको १४० औं हप्ता पुगेको छ ।

‘दिगो विकासको मुख्य आधार, स्वच्छ खानेपानी र सरसफाईयुक्त व्यवहार’ भन्ने मूल नाराका साथ सुरु भएको अभियान अन्तरगत प्रत्येक शनिवार बिर्तामोड नगर सरसफाई गरिदै आएको छ । अभियानले १४० हप्ता पार गरेको भन्दै आज बिर्तामोडस्थित टेगवाहादुर गिरी वसपार्क सरसफाई गरिएको छ ।

नेपाल प्रहरीको सामुदायिक प्रहरी साझेदारी अभियान अन्तरगत जिल्लाका तीन दर्जन बढी संघ संस्थाको सहयोगमा सुरु भएको नगरसरसफाइ अभियानको उद्घाटन इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुवाश खड्काले गर्नुभएको थियो ।

सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई लगायत विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।
Views: 235

