बिर्तामोड।

मानव अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा महिलापनि सहभागी हुने गरेको पाइएको छ ।

अधिकांश मानव अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा पुरुषको सहभागीता रहने गरेपनि झापामा भने यस्तो कार्यमा सम्लग्न आठ महिला पक्राउ परेका छन् । जसमध्ये तीन महिलाले कैद भुक्तान गरिरहेका छन् भने ५ महिला थुनुवा छन् । जिल्ला कारागार झापाका प्रमुख राजु दाहालका अनुसार विभिन्न मितिमा पक्राउ परेका ५ महिला थुनुवा सहित आठ जना जिल्ला कारगार झापामा छन् ।

५५ कैदी र ३७ थुनुवा महिला कैदी बन्दी मध्ये ८ जना मानव अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा सम्लग्न रहेको कारागार प्रमुख दाहालको भनाई छ । उनका अनुसार कर्तव्य ज्यानका ७ कैदी ६ थुनुवा,लागू लागू औषधका १५ कैदी ८ थुनुवा, डकैतीमा १ कैदी एक थुनुवा, जीउ मास्ने बेच्नेमा १८ कैदी ११ थुनुवा , चोरी र ज्यान मार्ने उद्योगमा एक एक कैदी र थुनुवा रहेका छन् ।


त्यस्तै ठगीमा ६ कैदी र दुई थुनुवा, किर्तमा एक कैदी एक थुनुवा, वन मुद्धामा १ कैदी १ थुनुवा,अन्य विभिन्न मुद्धामा ३ कैदीले सजाय भुत्तान गरिरहेको कारागार प्रमुख दाहालले बताए । कारागारमा तीन नावालक २ नावालिका समेत महिला कैदी बन्दीसंगै रहेका छन् । जीउ मास्ने बेच्ने कार्यमा सवै भन्दा बढी महिला सम्लग्न भएको कारागारको तथ्याङकमा उल्लेख छ । तत्थाङ्क अनुसार सो कार्यमा १८ कैदी र ११ थुनुवा गरी २९ महिला कारगारमा छन् ।
जीउ मास्ने बेच्ने कार्यमा महिलाको बढी सहभागीता देखिएपनि पुरुष भने जवरजस्ती करणी मुद्धाका धेरै रहेका छन् । जिल्ला कारागार झापाको तथ्याङ्क अनुसार जवरजस्ती करणी मुद्धाका २ सय कैदी र १०४ थुनुवा रहेका छन् । जवरजस्ती करणीपछि धेरै पुरुष लागू औषध मुद्धामा पक्राउ परेका छन् । लागू औषध मुद्धामा १११ जना कैदी र ७१ थुनुवा कारागारमा रहेका छन् ।
कारागारको तथ्याङ्क अनुसार कुल ५५९ पुरुष कैदीले कैद भुक्तान गरिरहेका छन् भने ४७४ पुरुष थुनावा छन् । जसमा कर्तव्य ज्यानका ५४ कैदी ३० थुनुवा, डकैतीमा २५ कैदी २५ थुनुवा, जीउ मास्ने बेच्नेमा ३५ कैदी २० थुनुवा, सार्वजनिक अपराधमा २५ थुनुवा, चोरीमा २२ कैदी ४५ थुनुवा, ज्यान मार्ने उद्योगमा १५ कैदी २५ थुनुवा, हात हतियार खर खजना मुद्धामा ४ कैदी २ थुनुवा कारगारमा रहेको बताइएको छ ।
त्यस्तै ठगी मुद्धामा १३ कैदी १६ थुनुवा, किर्तेमा ७ कैदी ३ थुनुवा, वन मुद्धामा १३ कैदी १० थुनावा, सवारी ज्यानमा ८ कैदी २८ थुनुवा , मानव अपहरण तथा शरीर बन्धकमा १२ कैदी ३६ थुनुवा खुन डाकामा ५ कैदीले कैद भुक्तान गरिरहेको कारागार प्रमुख दाहालले बताए । कारागारमा खोचा चलन मुद्धामा ५ कैदी ८ थुनुवा र विविध मुद्धामा ३० कैदी र २१ थुनुवा रहेका छन् ।

