चारपाने, फागुन ९ । झापाको बिर्तामोडमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा उद्घाटन गरेको छ ।
बिहिबार बिर्तामोडमा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले इन्स्योरेन्सहरुले मुस्कान सहितको सेवा दिनुपर्ने बताएका छन् ।इन्स्योरेन्सहरुले सेवाग्रहीको भावना अनुसार सेवा प्रदान नगर्दा जनविश्वास घट्ने भन्दै रिलायन्स लाईफ इन्स्योरेन्सलाई विमा कार्यक्रम प्रभावकारी बनाउन सुझाव समेत दिएका छन् ।
रिलायन्स लाईफ इन्स्योरेन्सका नायब कार्यकारी प्रमुख निराजन कंडेलले विमा दुई किसिमको हुने बताए । जीवन विमा र र्निजीवन विमा गर्दा आफु र आफ्नो परिवारलाई पनि फाइदा हुने बताए । उनले जीवन विमा मानिसका लागि अति महत्वपूर्ण भएकाले रिलायन्स लाईफ इन्स्योरेन्समा विमा गर्न सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले हरेक क्षेत्रमा अब विमा गर्नुपर्ने बताए । उनले जीवन विमाको क्षेत्रमा रिलायन्स लाईफ इन्स्योरेन्स सफल हुने विश्वास ब्यक्त गरे ।
रिलायन्स लाईफ इन्स्योरेन्स बिर्तामोड शाखाका ब्रन्च म्यानेजर जीवन दुलालले शाखा सञ्चालनमा आएको ११ महिनापछि औपचारिक रुपमा उद्घाटन गरिएको जानकारी दिए । उनका अनुसार बिर्तामोड शाखामा मानिस २० वटासम्म विमा हुने गरेको बताए ।
देशभर ६८ वटाबढी शाखा कार्यालय रहेको रिलायन्स लाईफ इन्स्योरेन्सले इलाम, बिर्तामोड, दमक, विराटनगर, धरान लगायतका स्थानमा शाखा उद्घाटन कार्यक्रम सुरु भएको बिर्तामोड शाखाका प्रमुख दुलालले जानकारी दिए ।