मेष–
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्।
वृष–
काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ।
मिथुन–
ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कमजोरीका बेला कामको चाप भने बढ्न सक्छ।
क्र्कट–
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ ।
सिंह–
अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। कामबाट आम्दानी भइरहनेछ।
कन्या–
परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
तुला–
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।
वृश्चिक–
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। परिबन्धले केही समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला।
धनु–
मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला।
मकर–
अवसर प्राप्त भए पनि परिस्थिति सबै पक्षमा अनुकूल देखिन्न। स्वास्थ्यमा कमजोरी र काम रोकिने समस्याले सताउन सक्छ।
क्ुंभ–
हल्लाको पछि नलागी कर्मयोगमा जुट्नुहोला। प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन्।
मीन–
चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। अध्ययनमा समय दिन नसकिए पनि आफ्नो प्रतिभाको कदर हुनेछ।