Aamsanchar

दर्ता खारेजपछि अन्योलमा परेका आफ्ना ८ विद्यार्थीलाई समस्यावाट मुक्त गराउन एक्सपर्टको सक्रिय कदम

Author Image
शनिवार, फागुन ११, २०७५

 अष्ट्रेलियास्थित एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका आफ्ना विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको एक्सपर्ट एजुकेशन भीसा सर्भिसेसले जनाएको छ । अष्ट्रेलियन स्किल क्वालीटी अथोरीटिको हालैको निर्णयबाट उक्त कलेजको दर्ता खारेज भएको थियो । खारेजीपछि नेपाली विद्यार्थीलाई परेको समस्या समाधान गर्न जिम्मेवारीपूर्वक लागेको  एक्सपर्टले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । 

खारेज भएको कलेजमा आफ्ना १५ जना विद्यार्थी भर्ना भएकोसमेत एक्सपर्टले स्पष्ट पारेको छ । उक्त कलेजले सञ्चालन गरेको डिप्लोमा अफ नर्सिङ र एड्भान्स डिप्लोमा अफ नर्सिङ प्रोग्राममा नेपालस्थित कार्यालयहरुबाट ८ जना र अन्य विषयहरुमासमेत गरी जम्मा १५ जना विद्यार्थी भर्ना भएको विज्ञप्तीमा उल्लेख छ । विद्यार्थी सबै आफ्नो सम्पर्कमा रहेको र सुरक्षित व्यवस्थापनको लागि काम भइरहेको समेत एक्सपर्टले जनाएको छ ।

कलेज खारेजी भइ अलपत्र परेको गुनासो गर्दै सञ्चारमाध्यममा आएका विद्यार्थीहरुलाई धम्की गएको कुरा बाहिरीएको विषयमा समेत एक्सपर्टले उल्लेख गरेको छ । विद्यार्थीको विषयमा उनीहरुसँग र उनीहरुका परिवारसँग गरेको कुराकानीलाई धम्की भन्दै नियोजित प्रचार गरिएको समेत उल्लेख छ । आफ्ना कुनै पनि शाखा तथा कर्मचारीले कुनै विद्यार्थीलाई धम्की नदिएको जनाउँदै आवश्यक परे अडियो संवादसमेत सुनेर छानविन गर्न आग्रह गरेको छ ।

कलेज खारेज भएसँगै अष्ट्रेलियामा एक हजार बढी विद्यार्थीहरु अलपत्र परेका छन् । सोमध्ये १५ जना मात्र आफ्ना विद्यार्थी रहेको एक्सपर्टले जनाएको छ । त्यसमाथि विवादमा तानिएको नर्सिङसम्बन्धि कोर्षमा ८ जना मात्र रहेको स्पष्ट पारेको छ । कलेज खारेज भएपछि समस्यामा परेका सबै विद्यार्थीहरुको समस्यावाट मुक्तगराउनको लागि अष्ट्रेलिया तथा नेपाल सरकार र विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउने कन्सल्टेन्सीहरु लागिपरेका छन् । खारेजीको विरुद्धमा  परेको कलेजले अपिलसमेत गरिसकेको बताईएको छ । 

प्रेस बिज्ञप्ती

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 472

प्रतिक्रिया (०)