Aamsanchar

अधिकारीको स्वास्थ्य सुधारोन्मुख

Author Image
शनिवार, फागुन ११, २०७५

काठमाडौँ,

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।

धुम्वराहीस्थित ह्याम्स अस्पतालमा उपचारत उहाँको स्वास्थ्य सुधारोन्मुख देखिएको स्वकीय सचिव महेश विष्टले जानकारी दिनुभयो ।

नेता अधिकारीको उपचार सघन उपचार कक्षमा ९आइसीयु० मै राखेर गरिएको छ । गत माघ २ गते उहाँको स्वास्थ्यमा समस्या देखिएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएमा सुधार नभएपछि उहाँलाई माघ २४ गते ह्याम्स अस्पतालमा लगिएको थियो ।

स्वकीय सचिव विष्टका अनुसार छातीमा समस्या देखिएको बयासी वर्षीय अधिकारीको उपचारमा डा राजु पङ्गेनी, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायत सम्लग्न हुनुहुन्छ ।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर