Aamsanchar

रोकिएन चेलीबेटी बेचबिखन ,दलालले पूर्वीनाका प्रयोग गर्दै

Author Image
आइतवार, फागुन १२, २०७५

तीन वर्षमा १५५ जना पक्राउ, मानबवेचविखनमा महिला पनि सक्रिय

नरेन्द्र ढकाल / बिर्तामोड।

पछिल्लो समय वैदेशीका रोजगारीका नाममा चेलीबेटी बेचिने क्रम बढ्दै गएको पाइएको छ । बेचिनेमा अधिकांश शिक्षित महिला नै रहेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जानकारी दिए ।

दलालहरुले रोजगारीको सपनादेखाएर अवैध बाटोको प्रयोग गरेर भारत तथा बंगादेशसम्म पु¥याउने अनि त्यस पश्चात इराक, लेबनान, पाकिस्तान लगायतका मुलुकहरुमा नेपाली चेलीहरुलाई बेच्ने गरेको खुलासा भएको छ । सरकारले त्रिभुवान अनर्तराष्ट्रिय विमान स्थलमा कडाई गरेसंगै दलालहरुले देशबाहिरका विमानस्थललाई प्रयोग गर्ने गरेको माइती नेपालका पूर्वाञ्चल संयोजक घिमिरेले बताए ।

दलालहरुले विभिन्न बहाना बनाएर पूर्वी नाका काँकरभिट्टाबाट समेत धेरै नेपाली चेलीलाई लैजाने गरेको भन्दै सचेतना अप्नाउन माइती नेपालले सबैसंग आग्रह समेत गरेको छ । पूर्वी नाकाको गेटमा नै माइती नेपाल सहितका धेरैं संघ–संस्थाहरुले सचेतना अप्नाउन आग्रह गरेपनि चेलीबेटी बेचिने क्रम भने रोकिएको छैन् ।

सन् २०१७ मा माइती नेपाल कांकरभिट्टाले भारतका विभिन्न स्थानमा बेचिएका २८ जना महिलाको उद्धार गरेको थियो । सोही समयमा ३१३ जना महिलालाई सम्झाईबुझाई अभिभवकको जिम्मा लगाइएको जनाइएको छ ।

ग्त वर्ष सन् २०१८ मा भारतका विभिन्न स्थानबाट २४ जना महिलाको उद्धार गरेको माइती नेपालले २५९ जनालाई पूर्वी नाकाबाट र्फकाएको पूर्वाञ्चल संयोजक घिमिरेले जानकारी दिए । लामो समयदेखि चेलीबेची बेचबिखन विरुद्ध काम गर्दै आएको माइती नेपालले पूर्वका विभिन्न स्थानमा सचेतना कार्यक्रम, ब्रोसर विरण घरदैलो अभियान तथा ¥यालीहरुको आयोजना गरेर महिलाहरुलाई सचेतना फैल्याउने काम गरिरहेको संयोजक घिमिरेको भनाई छ । कांकडभिट्टा नाका भई अवैध रुपमा विदेश जान खोज्नेहरुमा झापासहित मकवानपुर, सिन्धुपाल्चोकदेखि पूर्व ताप्लेजुङ, इलामसम्मका पहाडी भेगका १५ देखि ४० वर्ष उमेरका महिला छन् ।

अवैध रुपमा चेलीबेटी बेचिने क्रम बढ्दै गएको भनदै यसको मुलसमस्या भने बेरोजगारी, घरेलुहिंसा, देखासेखी गर्ने बहानामा धेरै दलालको फन्दामा पर्ने गरेको पाइएको घिमिरेले जानकारी दिए । पछिल्लो समय प्रविधिको विकासभएसंगै दलालहरु भरतमा नै बस्ने र फोनसम्र्पकमो माध्यबाट समेत नेपाली चेलीहरुलाई भारतसम्म बोलाउने र उनीहरुको विश्वासमा परेर जाँदा बेचिने क्रम बढदै जानुचिन्ताको विषय बनेको जनाइएको छ ।

यसैबीच प्रदेश नम्बर एकका १४ जिल्लाबाट आर्थिक वर्ष २०७२–७३ मा मानबबेचविखन सम्बन्धि ४४ वटा मुद्धामा ३७ जना पुरुष र ११ जना महिला पक्राउ परेका थिए । आर्थिक वर्ष २०७३–७४ मा ३४ वटा मुद्धामा २४ पुरुष र १६ महिला तथा गत आर्थिक वर्ष आर्थिक वर्ष २०७४–७५ मा ५२ वटा मुद्धामा ४५ जना पुरुष र २२ जना महिलालाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मानवबेचविखनमा महिलाहरु समेत संलग्न हुनुले चुनौति थपिएको सरोकारवालाहरुको भनाई छ । महिलाले छिट्टै अरुलाई विश्वास गर्ने गरेका कारण पनि धेरै महिलाहरु दलालको फनदामा पर्ने तथा नाजिकका आफ्न्तहरुले समेत पैसाको लोभ देखाएर चेलीबेटिहरुलाई फसाउने काम गर्ने गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख डीआजी केदार रिजालले बताए ।

प्रहरीले रोजगारीको नाममा विदेश जानुपरेमा नेपालकै विमानस्थल मात्र प्रयोग गर्न सुझाव समेत दिएको छ । नचिनेको मान्छेको परपर्दा धेरैको जीवन बर्बादभएको भन्दै प्रहरीले सबैलाई सजगता अप्नाउन आग्रह समेत गरेको छ ।

यता मानव बेचबिखनको जोखिममा परेर उद्धार गरिएका १ सय ७९ नेपालीलाई माइती नेपालले काठमाण्डौंमा अनुसन्धान गरिरहेको जनाइएको छ । माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरिएको थियो । उनीहरुलाइ झापाको काँकडभिट्टा नाका हुँदै काठमाण्डौ लगिएको छ । नेपालका विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई)लगायत तेस्रो मुलक लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महिनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पुर्याएका थिए ।

माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरी पूर्वी नाका काँकरभिट्टाबाट नेपाल फर्काएको पूर्वाञ्चल संयोजक घिमिरेले बताए । उद्धार गरिएकामध्ये १४७ महिला र ३२ पुरुष छन् । करिब २३–२४ जना झापाका महिलाहरु समेत रहेको जनाइएको छ । हाल पुर्नस्थापना केन्द्रमा राखेर दलालको पहिचान गर्ने काम भइरहेको जनाइएको छ । जनचेतना फैल्याउने काम तिब्र रुपमा अगाडि बढाइएपनि मानव तस्करहरुले विभिन्न उपाय अवलम्बर गरेर नेपाली चेलीहरुले बेच्नेक्रम रोकिएको छैन् ।

Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर