Aamsanchar

अर्थमन्त्रालय आक्रामक बन्दै , कर नतिरे सम्पत्ति जफत हुने

Author Image
सोमवार, फागुन १३, २०७५

सरकारले राजस्व बक्यौता उठाउने कामलाई तिव्रता दिने भएको छ। लामो समयसम्म कर बक्यौता राखेर बसेका करदाताले समयमा कर नतिरे सम्पति नै लिलाम गरी कर असुल गर्ने तयारी सरकारले गरेको हो। कर नतिर्ने करदातालाई कानुनी प्रक्रिया अनुसार उनीहरूको सम्पत्ति रोक्का गरी जफत गर्ने समेतको रणनीति लिन लागेको अर्थ मन्त्रालयले बताएको छ । 

बक्यौक्ता कर राखेका करदाताले सरकारको काम कारवाहीमा नसघाए अर्थात कानुन अनुसार कर नतिरे सम्पत्ति लिलाम समेतको प्रक्रिया अघि बढ्ने अर्थ मन्त्रालयका सह–प्रवक्ता जनकराज शर्माले बताए। 
‘हामी बक्यौक्ता कर उठाउन विशेष पहल गर्दै छौं,’ उनले भने ‘हाम्रा मातहतमा रहेका कर सम्बन्धि मुद्दा समेत फट्र्यौट गरी कर असुल गर्ने तयारी मन्त्रालयको छ। ’ लक्षित राजस्व  नउठ्ने देखिएपछि वर्षोदेखि बक्यौक्ता रहेको राजस्व असुलीका लागि कानुनी कारवाही गर्ने समेत कारवाही हुने भएको छ। 
अर्थमन्त्री डा. युवराज खतिवडा जसरी पनि लक्षित कर उठाउने तयारीमा छन्। सोही अनुरुप उनले राजस्व उठाउन दवाव दिइरहेका छन्। लक्षित राजस्व उठाउन उनले समय समयमा राजस्व उठाउने सबै मन्त्रालय तथा उनी मातहतका कार्यालयलाई दवाव समेत दिँदै आएका छन्। 
बक्यौक्ता असुलीका विभिन्न चरणहरू हुन्छन्। पत्राचार गर्ने, फिल्डमा भिजिट गरेर जानकारी गराउने, सार्वजनिक सूचना गरेर कर तिर्न आव्हान गर्ने, कर तिर्न अनुरोध गर्ने लगायतका। त्यसपछि पनि कर नतिरे उसको सम्पत्ति, कारोबार, बैंक खाता रोक्का गर्नेलगायतका कानुनी उपचारबाट बक्यौक्ता असुल गर्ने कानुनी व्यवस्था छ। 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)