Aamsanchar

कोदालोको पासो प्रहार गर्दा भयो श्रीमतीको हत्या

Author Image
मङ्गलवार, फागुन १४, २०७५

कोदालोको पासो र बाँस प्रहार गरी झापाको मेचीनगर नगरपालिकामा हत्या भएको छ। मेचीनगर नगरपालिका–१५ का ३५ वर्षीय लखिन्द्र राजवंशीले घरायसी विवाद हुँदा मंगलबार ३४ वर्षीय चम्पली राजवंशीको हत्या गरेका हुन्।

राजवंशीले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार कोदालोको पासोले लागेर राजवंशीको घटनास्थलमा नै मृत्यु भएको थियो।

चम्पालीको शव पोस्टमार्टमका लागि मेची अंचल अस्पताल भद्रपुर पठाइएको छ। हत्यामा संलग्न लखिन्द्र राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ।

Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर