Aamsanchar

शारिरीक सुगठनमा बुद्धशान्तिका सुनिल तौल समुहमा तृतीय

Author Image
बुधवार, फागुन १५, २०७५

झापा ।

एलाइनेट जीम धरानले आयोजना गरेको दोस्रो खुल्ला राष्ट्रिय शारिरीक सुगठन प्रतियोगीतामा बुद्धशान्ति १ का सुनिल बुढाथोकीले ५५ केजी तौल समुहमा तृतीय स्थान हासिल गरेका छन् ।

शनिबार र आइतबार धरानमा भएको प्रतियोगीतामा विभिन्न तौल समुहका ४० बढी प्रतियोगीहरुको सहभागिता रहेको एलाइनेट जीम धरानका संचालक विक्रम लिम्बुले बताए । उनका अनुसार देशका विभिन्न स्थानहरुबाट उक्त प्रतियोगीहरु आएका थिए ।

बुद्धशान्तिमा रहेको ग्रिन व्सि फिटनेसका संचालक समेत रहेका बुढाथोकीले नियमित रुपमा शारिरीक सुगठनको तालिम लिएको ५ वर्ष भइसकेको बताएका छन् ।

यस अघि मिस्टर पूर्वाञ्चल शारिरीक सुगठन प्रतियोगीतामा समेत तेस्रो भएका बुढाथोकीले बुद्धशान्तिमा अब चाडैँ नै बुद्धशान्ति, मेचीनगर तथा रोङ्गका व्यक्तिहरुलाई लक्षित गर्दै अत्याधुनिक उपकरणहरु सहितको नयाँ जीम हाउस खोल्ने सोचमा रहेको बताए ।

शारिरीक सुगठन प्रतियोगीता धरानमा भाग लिनका लागि सहयोग गर्ने बुद्धशान्ति गाउँपालिका, विकास विमली र श्याम प्रसाईलाई उनले हृदयदेखीनै धन्यवाद ज्ञापन गरेका छन् साथै आगामी दिनहरुमा समेत सम्पूर्णबाट सहयोगको अपेक्षा रहेको उनको आशा छ ।

बुद्धशान्ति गाउँपालिकाका लागि शारिरीक सुगठन प्रतियोगीताबाट पहिलो पटक मेडल ल्याउने व्यक्तिका रुपमा समेत चिनिएका बुढाथोकीले पछिल्लो समय बढ्दै गएको हरेक किसिमका प्रदुषणले गर्दा मानिसहरुमा दीर्घकालिन रोग लाग्ने खतरा बढेकोले शारिरीक स्वस्थ्यताका लागि बच्चादेखि वृद्धसम्म सबैले उमेर अनुसारको व्यायम गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)