Aamsanchar

दुर्घटनाग्रस्त हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार (अपडेट)

Author Image
बुधवार, फागुन १५, २०७५

ताप्लेजुङ,

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको छ ।

हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, विरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुन घिमिरे रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो ।

दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो ।

थप अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलतर्फ लागेको गएको छ । ‘हामीले धुवाँ उडेको ठाउँ देखेका छौँ, हिउँ पन्छाउँदै जानुपर्ने भएकाले समय लाग्छ’, ताप्लेजुङका प्रहरी प्रमुख थापाले उज्यालोलाई जानकारी दिनु भएको छ ।

घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे छ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर