ताप्लेजुङ,

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको छ ।

हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, विरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुन घिमिरे रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो ।

दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो । हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ६ जनाकै निधन एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना यात्रु सवार थिए ।


अन्य एकजना यात्रुको भने नाम खुल्न सकेको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ ।
काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गृहमन्त्रालयले गरेको छ । दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका बताइएको छ।

