काठमाडौं ।



सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । यस्तै मन्त्री अधिकारीको निधनको शोकमा आज बिहिबार राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।


बुधबार दिउँसो मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका पिएसओ अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।
दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ । हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो ।
Views: 101

