अमेरिकाले अल कायदाका नेता ओसामा विन लादेनका छोरालाई पक्राउ गर्न सहयोग गर्नेलाई १० लाख डलर पुरस्कार घोषणा गरेको छ।
ओसामा विन लादेनका छोरा ३० वर्षीय हम्जा विना लादेनले अल कायदाको नेतृत्व सम्हालिरहेका छन्। अमेरिकी सेनाले ओसामा विन लादेनको हत्याको बदला लिने अभियानमा रहेको भन्दै उनका छोराले एक भिडियो सन्देश जारी गरेका थिए।
सन् २०११ मा हम्जा विन लादेनको निर्देशनमा अमेरिकी सेनाविरुद्ध भएको कारबाहीका क्रममा तीन हजारको मृत्यु भएको छ। दुई वर्षअघि अमेरिकाद्वारा आंतकारी घोषणा गरिएका हम्जा विन लादेन हाल पाकिस्तान, अफगानिस्तान र सिरियामा बस्ने गरेको अमेरिकाले उल्लेख गरेको छ। थाहा खबरबाट
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 185