Aamsanchar

झापा ११ र सहारा क्लब पोखरा आज डोमालाल राजवंशी रंगशालामा

Author Image
शनिवार, फागुन १८, २०७५

पूर्वकै चर्चित फुटबल प्रतियोगिता झापा गोल्डकपको चौथो संस्करण आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक झापा ११ एफसी र पोखराको सहारा क्लब भिड्दैछन् ।

दिउँसो २ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतिस्पर्धामा  झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले पूर्ण अपेक्षाका साथ तयारी गरेको बताएका छन् । 

पोखरेली कोच प्रल्हाद हिराचनले झापालीसँगको भिडन्त विशेष महत्वका साथ हेरिएको बताए । ‘उसैको घरेलु मैदानमा उसैसँग भिड्न पाउँदा खुसी पनि लागेको छ उनले भने ।

यसअघि एकपटक भेट भएको दुई टोलीबीच यो दोस्रो भेट हो । कटारी गोल्डकपमा भेट हुँदा १–० को नतिजामा झापाले जीत निकालेको थियो । झापाले यस सिजनमा फिदिम गोल्डकपमा जीत दर्ता गरेको छ भने अन्य दुई प्रतियोगितामा हार व्यहोरेको छ ।

आजको प्रतिस्पर्धामा दुवै टिमले विदेशी खेलाडी मैदान उत्र्राने तयारी गरेका छन् । प्रशिक्षकहरुका अनुसार झापाको तर्फबाट ३ र सहाराबाट ४ जना विदेशी खेलाडीले खल्दैछन् । घरेलु मैदान र दर्शकको भरपुर समर्थन रहने झापा ११ लाई जित दर्ता गर्न केही सहज देखिन्छ ।

प्रतियोगितामा हङकङसहित १० टिम सहभागी छन् । आयोजक झापा ११ सँगै सहारा क्लब पोखरा, थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, मोरङ ११, रुपन्देही ११ र हङकङ नेप्लिज एकाडेमीले प्रतियोगिता खेल्दैछन् । विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार पाउनेछ ।

Views: 168

प्रतिक्रिया (०)